गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ (२) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्ती मगर बसन्तले माओवादीको नीतिमा देश चलेकाले नीति अनुसारको नेतृत्वको लागि अहिले गठबन्धन गरेर माओवादी, काँग्रेस, समाजवादी, जनमोर्चा लगायतका पार्टीहरु चुनावी मोर्चामा होमिएको बताउनुभएको छ । उहाँले शान्ति प्रक्रियामा समेत माओवादी र काँग्रेसको सहकार्य रहेको बताउँदै अब विकास र समृद्धिका लागि पनि सहकार्य भइरहको बताउनुभयो ।
रिब्दीकोट गाउँपालिकाको ठिमुरे, भैरवस्थान, पालुङ्मैनादी, खस्यौली, कशुमखोला, तिनाउँका विभिन्न क्षेत्र लगाएतका स्थानमा घरदैलो कार्यक्रम गर्दै घर्तीले आर्थिक समृद्धिको अभियान अगाडि बढाउन नीति अनुसारको नेतृत्व आवश्यक रहेकाले गठबन्धनको उम्मेद्वारहरुको विजयी हुनुपर्ने बताउनुभयो । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिता सहितको संविधान र त्यस व्यवस्थामा माओवादीको एजेन्डा भएकाले सोही नीति अनुसारको नेतृत्वको लागि अहिले पाँचदलीय गठबन्धन भएको बताउनुभयो । उहाँले एमालेको दम्भका कारण दुई तिहाई सरकार ढालेर पटक पटक संसद विघटन भएकाले देशमा आर्थिक नैरास्यता समेत छाएको बताउनुभयो ।



कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम घर्तीले ऐतिहासिक कालखण्डमा, ऐतिहासिक आवश्यकताबाट गठबन्धन जन्मिएको भन्दै संविधान लोकतन्त्र र राष्ट्रको रक्षाका लागि यसलाई हुर्काउनुपर्ने बताउनुभयो । घर्तीले प्रतिगमनको खतरा, संविधानलाई घात गर्ने खतरा, संघीयता समानुपातिक, समावेशी लोकतन्त्र माथि प्रहार गर्ने प्रवृत्ति रहेसम्म गठबन्धनको सान्दर्भिकता रहिरहने बताउनुभयो । नेता घर्तीले जता पनि नकारात्मक सोच राख्ने प्रवृत्तिलाई जनताले नस्वीकार्ने भन्दै जनतामा देश, संविधान, लोकतन्त्र, समृद्धिका लागि सबैतिर उत्साह आएको बताउनुभयो ।
FacebookTwitterEmailShare









