पाल्पा १ (२)का प्रदेश सभा सदस्य उम्मेदवार खेम बहादुर सारुले रम्भा गाउँपालिका–२ फोक्सिङकोटका विभिन्न टोलहरुमा पुगि मतदाताहरुसँग भेटघाट गरिरहनुभएको छ । प्रदेश सभा सदस्य सारुले फोक्सिङकोट लाई व्यसायिक बाख्रा पालन, घरेलु मदिरा ब्राण्डिङको लागी पहल गर्ने बताउनु भएको छ ।
शिक्षाको बिकासका लागी आफुले फोक्सिंगकोटमा बिशेष योजना बनाएको पनी बताउनु भयो । शिक्षाको बिकास नहुदा सम्म समाज बिकास नहुने भन्दै सडक, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाएर अघी बढने सारुले मतदाता समक्ष प्रतिबद्धता जनाउनु भयो ।












