पाल्पा, कार्तिक १८÷ वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनको विजयी नै युुवाको जित भएको बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको जित नै सिंगो जिल्लाका युवाहरुको जित रहेको बताएका हुन् ।
उनले युवाहरुका हरेक समस्या समाधानमा गठबन्धन मात्र एक विकल्प रहेको बताउँदै गठबन्धनको जित भएमा सबै युवाहरुको जित हुनेमा जोड दिए । उनले भने‘ परिवार पाल्न विदेशिएका युवा हुुन् वा पढाई सकेर बेरोजगार बसेका युवाहरु हुन् उनीहरुको व्यवस्थापनमा गठबन्धन गम्भीर छ,निर्वाचनपछि बन्ने गठबन्धनको प्रदेश र संघीय सरकारले यी समस्या समाधान गर्ने छन् ।’ सभापति श्रेष्ठले युवाहरुलाई स्वदेशमै रोजगारको ग्यारेन्टी गठबन्धनले गर्ने भएकाले मंसिर ४ को निर्वाचनमा गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी गराउन युवाहरुलाई आग्रह गरे ।












