पाल्पा कार्तिक १९
जिल्ला निर्वाचन कार्यालय पाल्पाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि एक दिने अभिमुखिकरण सम्पन्न गरेको छ ।शनिबार पाल्पामा आयोजित कार्यक्रममा जिल्ला भित्रका मिडिया तथा पत्रकारहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला निर्बाचन अधिकृत रुक्मांगत अर्यालले पाल्पामा निर्वाचन कार्यक्रमले गरेको तयारी,आचारसंहिता, तथा गतिविधिको बिषयमा जानकारी गराउनु भएको थियो । अधिकृत अर्यालले मतपत्र तथा मतदानका लागि आवश्यक सामाग्रीहरु जिल्लामा आइसकेको जानकारी दिनुभयो ।उहाँले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उमेदवारबाट जिल्लामा १६ करोड उठ्ने बताउनुभयो ।जिल्लामा २ लाख १ हजार तीन सय २६ जना मतदाता रहेका छ्न । जिल्लामा २ हजार ९ सय ५५ जना निर्वाचनका लागि कर्मचारी खटिदै छ्न ।




कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले निर्बाचनमा मिडिया र पत्रकारको भुमिकाको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष रानाले निर्वाचनमा निस्पक्ष र स्वतन्त्र रुपमा रिपोर्टिङ गर्नुपर्ने,समाचारका बिश्वसनीय स्रोत समेट्नु पर्ने जस्ता बिषयमा जानकारी गराउनुभएको थियो । अध्यक्ष रानाले पत्रकारले पुर्णरुपमा आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । उहाँले गएको स्थानीय निर्वाचन केही मिडियाहरुलाई कारबाही समेत प्रेस काउन्सिलबाट भएको जानकारी दिनुभयो । पत्रकारहरुले पालना गर्नुपर्ने आचारसंहिताको बिषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पत्रकार भरत शर्मा,नारायण न्यौपाने,भगवान भण्डारी,राजेन्द्र लिगल,मुक्ति न्यौपाने,भुवन रायमाझी,बिष्णु घिमिरे, जगदीश भट्टराई लगायतले आफ्नो जिज्ञासा राख्नुभएको थियो ।










