
काठमाण्डौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाउने भएका छन्।



निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ’, उल्लेख छ ।
मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएकोरनासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।
यसअघिकाे स्थानीय तह सदस्य निर्वाचनमा सवारी चालक अनुमति पत्र देखाएर मत दिन नपाएकाे गुनासाे बढेपछि निर्वाचन आयोगले नयाँ निर्णाय गरेकाे जनाएकाे छ ।








