
आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनको प्रचारप्रसारले तिव्रता पाएको छ । अर्घाखाँचीमा गठबन्धन दलको तर्फबाट काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल र एमालेका केन्द्रीय सचिव टोपबहादुर रायाझी चुनावी मैदानमा छन् ।



२०७४ सालमा बामगठबन्धन हुदाँ जस्तो जित हात पार्न एमालेलाई अहिले सहज छैन । काँग्रेस, माओवादी केन्द्र, राष्ट्रि जनमोर्चा र एकिकृत समाजवादी सहितको गठबन्धन गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षले ल्याएको मतको आधारमा गठबन्धन दल संघीय निर्वाचनमा ५ हजार ५ सय ४३ मतले अगाडी छ ।
गठबन्धन दलले ५३६४५ मत ल्याउँदा एमालेले ४८ हजार १ सय २ मत ल्याएको तथ्यांक रहेको छ । प्रदेश सभा (क) मा एमाले भन्दा गठबन्धन दल ३ हजार ८ सय ४७ मतले अगाडी छ । गठबन्धन दलको २५ हजार ७ सय ८२ मत र एमालेको २१ हजार ९ सय ३५ मत ल्याएको छ । प्रदेश सभा (ख) मा गठबन्धन दलको मत २७ हजार ८ सय ६३ मत हुदाँ एमालेको २६ हजार १ सय ६७ मत वडा अध्यक्षले ल्याएको मतको आधारमा तथ्यांक छ । प्रदेश सभा (ख) मा एमाले भन्दा गठबन्धन दल १ हजार ६ सय ६६ मतले अगाडी रहेको छ ।
अर्घाखाँचीमा प्रतिनिधीसभामा भुसाल र रायमाझी सहित ९ जना पनि प्रतिस्पर्धामा छन् । तर, उनीहरुको प्रभाव न्युन रहेको अनुमान गरिएको छ । संघिय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खलिल मियाँ, जनता समाजवादी पार्टी नेपालका नेत्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका होम नारायण बेल्बासे, हाम्रो नेपाली पार्टीका दुर्गा बन्जाडे लगायत प्रतिस्पर्धामा छन् । अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जना, प्रदेश सभा (क) का लागि ७ र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार रहेका छन् ।हिन्दुखबर डटकम








