
पाल्पा – नेकपा एमालेबाट विभिन्न क्षेत्रका तीन दर्जन बढी युवाहरु नेकपा माओवादीको युवा संगठन वाइसियल नेपालमा प्रवेश गरेका छन् । तानसेनमा भएको युवा भेलामा उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, जिल्ला संयोजक नवराज बस्याल लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले पछिल्लो समयमा नेकपा माओवादीको नीति अनुसारको नेतृत्वको विकासको लागि युवा, महिला, लगायत आम नागरिकहरुको आर्कषण बढेको भन्दै पार्टीको नीति र सिद्धान्त अनुसार अगाडि बढ्न शुभकामना दिनुभयो ।
कार्यक्रममा वाइसियल नेपालका जिल्ला संयोजक नवराज बस्याल, पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोमप्रसाद पाण्डे, क्षेत्र नं. २ (१) का उम्मेद्वार वीरबहादुर राना लगायतले युवा गठबन्धनमा स्वागत गर्दै गठबन्धनको पक्षमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।











