
पाल्पा – पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य ओम बहादुर घर्ती तिनाउ गाउँपालिका वडा नंं १ झिंगामारा, ठुली उदान, कचल र ओखलढुङ्गा क्षेत्रमा घरदैलो गरी त्यस क्षेत्रका समस्याहरु समाधानमा पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।



झिंगामारा, रानीबगीया, ठुलिउदान, हुँदै जुठापौवा चहला जोड्ने सडकको स्तरउन्नती, मिंगामारा, कचलबुढीकोट, ओखलढुङ्गा मोटरबाटो र दोभान कचल बल्ढेङ्गढी सडक, छहरा, फेक, बुढीकोट, कचल, झिंगामारा रानीबगीया सडक स्तरउन्नतीको केन्द्रिय स्तरबाटै पहल गर्ने एमाले उम्मेदवार गैरेले बताउनुभयाे । कचल क्षेत्रको समग्रखानेपानी, विधुत, मोटरबाटो स्तरउन्नतीमा पहल गर्ने क्षेत्र नंं २(२) का प्रदेश सभा सदस्य ओम बहादुर घर्तीमगरले बताउनुभयो ।
पाल्पा क्षेत्र नंं २(१) का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली गाउँपालिकाको वडा नं ६ को यम्घाको मन्द्रान, लाम्दी, शिखरडाडा क्षेत्रमा घरदैलो गर्नुभएको छ । मद्रान क्षेत्रका जनताले सिंचाई तथा दिर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्नुपर्ने, मोटरबाटो स्तरउन्नती गर्नुपर्ने र कालीगण्डकी करिडोर चाडो पिचको काम गर्नुपर्ने माग राखेकोमा एमाले उम्मेदवार भट्टराईले आफू प्रदेशसभा निर्वाीचत भएपछी पहल गर्ने बताउनुभयो ।








