
पाल्पा-पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभाका उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोम प्रसाद पाण्डेयले अब बन्ने गठबन्धनको सरकारले हरेक युवालाई लागि स्वदेशमै रोजगारीका अवसर प्रदान गर्ने बताउनु भयो । योङ्ग कम्युनिस्ट लिग तानसेन नगर कमिटी पाल्पाको आयोजना भएको युवा भेला सम्बोधन गर्दै उम्मेदवार पाण्डेय उक्त कुरा बताउनुभएको हो ।
गठबन्धनको सरकारले युवाहरूका लागि स्वदेशमै रोजगारीका अवसरहरूको सिर्जना गरि हरेक युवाहरूलाई उत्पादनसँग जोड्ने बताउनुभयो । देशमा गठबन्धन कुनै रहरले,लहरले नभएको बताउदै देशको संविधानको रक्षा,राजनीति स्थायित्व र युवालाई रोजगारसँग जोड्नका लागि बाम लोकतान्त्रिक शक्तिहरू एक ठाउमा उभिएको बताउनुभयो । अब बन्ने गठबन्धनको सरकारले हरेक युवाहरूको मर्म अनुसार काम गर्ने र उत्पादनसँग जोडि रोजगार प्रदान गर्ने एजेन्डा सहित गठबन्धन अगाडि बढेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले गठबन्धनको जित नै युवाहरूको जित भएको बताउनुभएको छ । केपि ओलीले दुई तिहाईको अभिमत सहितको सरकारले संविधान विरोधी र जनभावना विरोधी गतिविधि गरेकाले यो गठबन्धन कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउने स्वार्थले बनेको नभई मुलुकको आवश्यकताले बनेको भन्दै अहिले आफूहरुले जित्नु नै युवाहरूको जित हुने बताउनुभयो । उहाले अहिलेको गठबन्धन भनेको केपी ओलीले संविधानले कल्पनै नगरेको पटक–पटक संविधान च्यात्ने गरेर संसद भंग गर्ने जस्ता तानासाही र स्वच्छाचारी काम गरेकाले आफूहरुले गठबन्धन गर्नुपरेको बताउनुभयो । अब बन्ने गठबन्धनको सरकारले हरेक युवाको मर्म र भावना अनुसार काम गर्ने बताउनुभयो ।




कार्यक्रममा गठबन्धन दलका जिल्ला संयोजक एवम नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले गठबन्धन सत्तामा पुगेर मन्त्री बन्नका लागि नभएर पाल्पा र समग्र मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नै पर्ने बताउनु भएको हो । उहाले महिला, युवा, अशक्तहरुको हितका लागि गठबन्धन दल एक मात्र विकल्पको रुपमा रहेको बताउनुुभयो । श्रेष्ठले भन्नुभयो‘ महिला, युवा, अशक्तहरुको हितसँगै गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको छ ,त्यसैले पनि गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प छैन् ।’ युवाहरूको हक अधिकारका क्षेत्रमा गठबन्धनले विगतमा थुप्रै काम गर्दै आएको र अगामी दिनमा पनि गर्दै जाने भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने दिशामा लाग्न सबै महिलाहरुलाई सभापति श्रेष्ठले आग्रह गर्नुभयो ।









