
पाल्पा – पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेदवार उपेन्द्रराज गहिरेले आफू विकासकाे एजेण्डासहित चुनावी मैदानमा उत्रिएकाे बताउनुभएकाे छ ।
बगनासकाली पाेखराथाेक निवासी स्वतन्त्र उम्मेदवार गैरेले नागरिककाे चाहना अनुसार विकासका एजेण्डा बाेकेर नागरिकसँग मत माग्न घरदैलाे गरेकाे बताउनुभयाे । उहाँले राजनैतिक रूपमा अघि सरेका उम्मेदवारले विकासकाे याेजना ल्याउने गरेपनि निष्पक्ष र पारदर्शी रूपमा कार्यान्वयन गर्न नसक्ने बताउनुभयाे ।



उहाँले विकासका काम स्वतन्त्र उम्मेदवारलाइ गर्न सहज हुने बताउनुभयाे । जिल्लाकाे विभिन्न स्थानमा घरदैलाे गर्नुहुँदै उहाँले राजनीतिप्रति जनताकाे वितृष्णा पैदा भएकाे बताउनुभयाे । जनताले विकल्प खाेजेका छन्, त्याे विकल्प भनेकाे स्वतन्त्र उम्मेदवार हाे उहाँले भन्नुभयाे ।
गहिरेले स्वतन्त्र उमेदवारले जिते काम गर्न नसक्ने भन्ने खालका टिकाटिप्पणी पूर्णरुपमा सत्य भन्न नमिल्ने बताउनुभयो । राजनीतिमा नयाँ पुस्ता स्वतन्त्र उमेदवारमा आउनु यो चुनावको विशेषताको रुपमा हेरेको भन्दै उहाँले स्वतन्त्र उमेदवारले जितेमा काम गर्न गाह्रो छ भन्ने अभिव्यक्ति सान्दर्भिक नरहेको बताउनुभयो । गहिरेले काम गर्न जनसमर्थन जुटाउने र जनताले खोजेका कुरा पुर्याउन सक्छ भने यसले काम गर्ने हौसला र अठोट बढ्ने बताउनुभयो ।








