
पाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय स्वतन्त्र उम्मेदवारहरु मत माग्न जनताको घर दैलो,टोलबस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् । राष्ट्रिय स्वतन्त्र पार्टी प्रति मतदाताको आकर्षण रहेको उम्मेदवार गैरेले बताउनु भएको छ । मतदाताहरुसँगको भेटघाटका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुमन गैरेले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको हितमा बोल्ने पार्टीको रुपमा रहेको बताउनुभयो । उँहा तानसेन नगरपालिकाका बिभिन्न वडाहरुमा मतदाता भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । “धेरै वर्ष जनताको अमुल्य मत पाएर जनताको पक्षमा काम नगर्ने अन्य पार्टीका उम्मेदवार भन्दा अहिले स्वतन्त्र पार्टी र यो पार्टीका उम्मेदवारहरुलाई मतदाताहरुले मत दिन्छौ भन्नुभएको छ ।”गैरेले भन्नुभयो अहिलेसम्म आफू आफ्नो क्षेत्र अन्र्तगतका ३५ वटा बढी वडाहरुमा पुगिसकेको र जहाँ पुग्दा पनि मतदाताहरुको उत्तिकै माया पाएको गैरेले सुनाउनुभयो ।




पुस्तैनी राजनीतिलाई आजिवन पेशा बनाएकाहरु, पटक पटक परिक्षण भइसकेकाहरुका असफलका बदलामा सक्षम र योग्यलाई राजनीतिमा अघि बढाउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सधैं सकारात्मक रहेको उँहाले बताउनु भयो ।यसपटकको निर्वाचन परिणामबाट प्राप्त हुने धेरै लक्ष्यहरु मध्येमा पुरानालाई बिदा गर्ने लक्ष्य पनि प्रमुख लक्ष्य भएको र राजनीतिक दलको सिन्डिकेट तोड्ने अभियानमा आफुहरुको उम्मेदवारीले विशेष अर्थ दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विष्णु प्रसाद भण्डारीले बताउनु भयो ।“अहिले घरदैलोमै व्यस्त छौ,मतदाताहरुलाई धेरै उत्साह दिनुभएको छ,यसबाट पनि हामी थप उत्साहीत भएका छौं” संयोजक भण्डारीले भन्नुभयो ।
मतदाताहरुले बैकल्पिक नेताको खोजी गरिरहेका छन् । यसको विकल्प भनेकै स्वतन्त्र पार्टी हो । यो महसुस आम मतदाताहरुले गर्नुभएको छ संयोजक भण्डारीले सुपादेउराली खबर लाई जानकारी दिनुभयो ।









