
पाल्पा – राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार घरदैलो गर्नमा व्यस्त बनेका छन् । राप्रपाबाट प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवार बनेकाहरु मत माग्न घरदैलोमा व्यस्त बनेका हुन् । राप्रपाबाट पाल्पा प्रदेश सभा १(१)मा राजु गैरे हुनुहुन्छ भने समानुपातिकतर्फ भने राप्रपा पाल्पाका नेता डुलबहादुर कुँवर उम्मेदवार हुनुहुन्छ ।
कुँवरले जिल्लाको पश्चिम भुवनपोखरी, फेक, सोमादीमा मत माग्न आफू व्यस्त रहेको बताउनुभयो । राष्ट्रियताको रक्षा, संविधानको रक्षा र देश विकासका लागि राप्रपालाई मत दिनुपर्ने कुँवरले बताउनुभएको छ ।
ठूला पार्टी पटक–पटक परीक्षण भएर असफल भएको भन्दै समानुपातिकका उम्मेदवार कुँवरले राप्रपालाई मत दिएर देशको नेतृत्व गर्न अवसर दिन आग्रह गर्नुभयो । कुँवरले पाल्पाली जनताकाे सेवामा आफू निरन्तर लाग्ने बताउँदै धेरै गफ गर्ने उम्मेदवारलाइ विस्वास नगर्न आग्रह गर्नुभयाे ।











