
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्कलेको भूकम्प गएको हो ।



भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।








