
पाल्पा- पाल्पा क्षेत्र (२) १ का सत्ता गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले इमान्दारितापूर्वक जनताको सेवामा लागेको बताउनुभएकाे छ । आइतबार यम्घाको दर्पुुक, मदनपोखराको दमकडा तानसेन लगायतका क्षेत्रमा भएको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले हिजोका दिनमा पनि जनताकै दुःख,सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवामा रहन चाहेको बताउनुभएकाे छ ।



लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री समेत रहेका रानाले आफ्नो बुद्धिले भ्याएसम्म निष्ठा र इमान्दारितापूर्वक जनताको सेवा लाग्दै आएको बताए । उनले जनताको अवस्था बदल्न भ्रष्ट प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा राखे छ । भ्रष्ट्राचार अन्त्य नगरेसम्म मुलुक बनाउन सकिँदैन मन्त्री रानाले भने,‘भष्ट्राचारीको मुलजरो उखेल्न मङ्सिर ४ मा हुने निर्वाचनमा गठबन्धनले जित्न नै पर्ने छ ।’
भष्ट्रहरुलाई ठेगान लगाउन पाल्पावासीले साथ दिनुपर्छ उहाँले भन्नुभयाे । सिद्धबाबा सडकको समस्या समाधान, कालीगण्डकी करिडोर, माडी चक्रपथ साथै झुम्सा–कचल, सालझण्डी–सुन्दरढुंगा, रामपुर–तानसेन–छहरा सडक स्तरोन्नती,तानसेनका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने,कृषि तथा पशुपालनमा आधुनिकीकरण, व्यवसायीकरण, सिंचाइमा सुधार गर्ने, यहाँका धार्मिक तथा पर्यटकीय स्थलकहरुको विकास गर्दै पाल्पालाई विकासोन्मुख बनाउन सधैँ लागिरहने मन्त्री रानाले बताउनुभयाे ।
विकास सम्भव छ, गर्न सकिने रहेछ भन्ने सन्देश दिन चाहन्छु मन्त्री रानाले भन्नुभयाे,‘देश र जनताको सेवा गर्न राजनीतिमा लागेको र यसमा साथ पाल्पावासी जनताको हुनुपर्छ ।’ रानाले आफुु सांसद र मन्त्री भइसकेपछि पाल्पाको कृषि,शिक्षा, सडक र पूर्वाधारका क्षेत्रमा उल्लेखिय काम गरेको र केही महत्वपूर्ण योजनाहरु अगाडि बढेकाले ति योजना पुरा गर्नका लागि पनि आम मतदाताले सहयोग गर्न आग्रह गर्नुभयाे । फरक प्रसंगमा मन्त्री रानाले लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था स्थापना भएको र त्यसलाई जोगाएर अघि बढ्न गठबन्धन भएको बताउनुभयाे ।








