
पाल्पा – बामलोकतान्त्रिक गठबन्धनका जिल्ला संयोजक हिमालदत्त श्रेष्ठले ‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्ने बताउनु भयो । दुई तिहाइ मत दिएर संसदमा पठाएको एमालेले राम्रोसँग संसद चलाउन नसकेर जनतालाई धोका दिएको श्रेष्ठको भनाई छ ।आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने उहाँको प्रश्न थियो ?



तिनाउँ गाउँपालिकाको दोभानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले दुई दुई पटक संसद भंग गर्ने, देशमा अस्थिरता फैलाउने, स्वच्छाचारिता गर्ने केपी ओली र उनको पार्टीले फेरी जनतलाई भुलभुलैयामा पार्नको लागि मत मागिरहेको बताउनुभयो । उहाँले आफू दुई तिहाई मत सहित सत्तामा हूँदा राम्रोसँग सरकार चलाउन नसक्ने अनि फेरी कुन मुखले भोट देउ भनेका छन्, उनीहरुलाई सबै नागरिकले प्रश्न सोध्नुपर्ने र त्यसका विरुद्धमा गठबन्धनलाई विजयी गराउनुपर्ने श्रेष्ठको भनाई छ ।
एमालेको निरदलीय कदम र स्वेच्छाचारिता विरुद्धको गठबन्धन भएकाले एमालेका साथीहरुले समेत अहिले गठबन्धनलाई भोट दिएर विजयी बनाउनुपर्ने श्रेष्ठको तर्क छ । अब फेरी जनताले मत दिएर संसदमा गएपछि संसद विघटन गर्दैन भन्ने के ग्यारेन्टी त्यहि भएर ऐजेन्डा विहिन एमालेलाई भोट हालेर पछुताउनु मात्रै हुने श्रेष्ठको भनाई छ ।

देशमा परेको संवैधानिक र राजनीतिक संकटलाई समाधान गर्नको लागि अहिलेको पाँच दलीय गठबन्धन निर्माण भएको भन्दै नेता श्रेष्ठले अहिलेको गठबन्धनले जितेमा पाँचवर्षसम्म संसद भंग नगरेर जनताको विकास निर्माण र अवस्था परिवर्तनका क्षेत्रमा काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।








