
पाल्पा – मसिंर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उम्मेदवार दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आएका गैरे आइतबार काँग्रेस प्रवेश गर्नुभएकाे हाे ।लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका उहाँले एक विज्ञप्ती जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गर्नुभएकाे छ । नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको उहाँले बताउनुभयाे ।











