



पाल्पा –पाल्पा क्षेत्र नं. २ का बाम लोकतान्त्रिकका साझा उम्मेद्वार सोम प्रसाद पाण्डेयले पाल्पामा विकासको खाका आफूले नै कोरेको बताउनुभएको छ । आफू लामो समयदेखिको अनुभवी जनप्रतिधि भएकाले आफूले कोरेको विकासको खाकालाई मूर्त र अन्तिम रुप दिनको लागि आफू फेरी जनप्रतिनिधि हुन मैदानमा उत्रिएको बताउनुभयो ।
जिल्लाको बगनासकाली गाउँपालिकाको चापपानीको गोपाल्दी, झिरभन्याङ्ग, बराङ्गदीका घिमिरेडाँडा, देउराली, ढापखोला, सिखरडाँडा बुलठाकी, लगायतका क्षेत्रमा आयोजित घरदैलो तथा सभामा बोल्दै नेता पाण्डेयले यस क्षेत्रको विकासमा आफू सांसद भएपछि धेरै काम गरेको बताउँदै विपक्षी उम्मेद्वारले आफ्नो एजेन्डा केही नभएपछि केही गरेन भनेर आरोप मात्रै लगाएको बताउनुभयो । उहाँले रानीतिक एजेन्डा लिएर जनतासँग जानुपर्ने भन्दै तर अनावश्यक र अराजनीतिक कुराले जनतलाई दिग्भ्रमित नर्पान समेत चेतावनी दिनुभयो ।
बगनकासलीको चिलाङ्दी, बुलठाँकी–खानीगाउँ–दैलातुङ्ग हुँदै रानीमहल, चापपानी, बुलठाँकी– दर्लमडाँडा, राम्दी मोटरबाटो, खानीगाउँ दर्पुक मोटरबाटो, बगनासकालीका सहकारी, स्वास्थ्य चौकी भवन निर्माण, यहाँको कृषि, पशुपालन, शिक्षा, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा धेरै योजनाहरु ल्याएको कतिपय सम्पन्न भइसकेको तर केही बाँकी रहेकाले त्यसलाई मूर्त रुप दिएर समृद्ध बगनासकाली निर्माण गर्ने मुख्य ध्येय रहेको बताउनुभयो । चन्द्रमावि र बेदमाविमा प्राविधिक शिक्षाको रुपमा विकास गर्ने, शिवाशन धामको गुरुयोजना अनुसार विकास गर्ने बताउनुभयो । उहाँले बगनासकालीका विभिन्न क्षेत्रमा बाँदरले आतंक मच्चाएको गुनासो आएको बाँदर र जंगली जनावरको कारण गाउँनै विस्थापित हुनुपरेको भन्दै त्यसको दीर्घकालिन र बैज्ञानिक व्यवस्थापनसँगै बाँदर नियन्त्रणमा समेत आफूले योजना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

विपक्षी उम्मेद्वार तर्फ लक्षित गर्दै पूर्व उद्योग मन्त्री समेत रहनुभएका पाण्डेले भन्नुभयो सोमप्रसाद पाण्डेय धेरै पटक भयो, मैले केही पाइन मलाई जिताउनुस भनेर हुन्छ रु निर्वाचनमा जनप्रतिनिधि बनाउने कुरा भाग खाने, घरबनाउने, घडेरी किन्ने कुरा होर रु बरु जनताको सेवा गर्ने कुरा मुख्य रहेको पाण्डेले बताउनुभयो । उहाँले आफू प्रत्येक निर्वाचनमा तल्लोतहदेखि नै जनताले सिफारिस गरेर जनप्रतिधि बनेकोले कहिल्यै पनि जनमतको अपमान हुने काम नगरेको भन्दै जनप्रतिनिधिले जनताको मतको कदरगर्न सक्नुपर्दछ भन्नुभयो । उहाँले अहिलेसम्म जनप्रतिनिधि भएपछि सांसदको भूमिकामा कहिल्यै पनि सरकारी साधनस्रोतको दुरुपयोग नगरेको समेत बताउनुभयो ।

उहाँले दुई तिहाई मत सहित संसदमा गएको ओलीले म नै राज्य हुँ भन्ने दम्भ देखाएको कारण अहिलेको गठबन्धन भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा .२. १ का उम्मेद्वार बीर बहादुररानाले आफू बगनासकालीकै बासिन्दा भएकाले त्यस क्षेत्रको जनताको सुख, दुखमा सदैव साथ र सहयोगमा रहने बताउनुभयो । उहाँले बगनासकाली क्षेत्रको बाँदर समस्या, खानेपानी, सिंचाई, यातायात र कृषि उत्पादनसँगै आयआर्जन विकासमा आफूले पहल गर्ने बताउनुभयो । कार्यक्रममा गठबन्धनमा जिल्ला संयोजक हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डेय राना लगायतले गठबन्धनको पक्षमा मत दिन आग्रह गर्नुभयो ।
यस्तै गरी पाल्पा क्षेत्र नं। ९२० २ का सांसद तुलाराम घर्ती मगरले अहिलेको गठबन्धन असल विचार बोक्नेहरुबीचको गठबन्धन भएकाले परिवर्तन, समृद्धि र संविधानको रक्षाको लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताउनुभयो । उहाँले काँग्रेस र कम्यूनिष्ट एकठाउँमा नमिल्दा सम्म देश अगाडि बढेको देखिएन, अब विकासको लागि पनि एकसाथ अगाडि बढेको बताउनुभयो । नेकपा माओवादीका पोलिटव्यूरो सदस्य समेत रहनुभएका घर्तीले रिब्दीकोट, तिनाउँ, रैनादेवी छहराको विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने आफू निर्वाचित भएपछि विकासका बाँकी काम सम्पन्न गरेर आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने बताउनुभयो ।









