
पाल्पा– जिल्ला प्रशासन कार्यालय पाल्पाले पाल्पामा मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ । आगामि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाइ मध्यनजर गर्दै मदिराजन्य पदार्थको खरिदविक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले एक सूचना जारी गर्दै जानकारी दिनुभयो ।



उहाँले भोली कात्र्तिक २९ गतेदेखि प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएर मतगणना नसकिदा सम्म पाल्पामा कुनै पनि प्रकारको मदिरा खरिद विक्री, ओसार पोसार र सेवन गर्न निषेध गरिएको र कसैले सूचना विपरित काम गरेमा प्रचलित कानून बमोजिम कारवाही समेत गरिने रानीमहललाई जानकारी दिनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले संचालन गर्नको लागि यो निर्णय गरिएको प्रशासनले जनाएको छ ।









