
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा पाँच दिन सेवा स्थगित गरेको छ । शान्ति सुरक्षा र अत्यावश्क सेवा बाहेकका सबै सेवाहरु स्थगित गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले रानीमहललाई जानकारी दिनुभयो ।
कार्यालयका कर्मचारीहरु निर्वाचन प्रक्रियामा सहभागि हुने भएकाले कार्यालयको नागरिकता, राहदानी, पेन्सन, परिचयपत्र, सिफारिस लगायतका सेवाहरु स्थिगित गरिएको पन्तले जानकारी दिनुभयो ।कार्यालयले आज एक सूचना जारी गरेर अत्यावश्यक शान्ति सुरक्षा, ठाडो उजुरीबाहेकका सबै सेवाहरु स्थिगित गर्ने निर्णय भएको जनाएको छ ।












