
पाल्पा क्षेत्र नं. १. का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद आचार्यले पर्यटकीय क्षेत्रको विकास, युवा स्वरोजगार ,कृषिमा आत्मनिर्भरता र उत्पादनलाई बजारीकरणको व्यवस्था आफुहरुले गर्ने बताएका छन ।
सोमबार आफ्नो क्षेत्रका मतदातासंगको भेटमा आचार्यले सबैका घरघरमा बिजुली, पानी र संचार, निरोगी नेपाल, सबै वडा टोल टोलमा सडक पूर्वाधार, सबै पालिकाका १५ बेडको अस्पताल निर्माणमा एमालेले ग्यारेन्टी गरेको बताए ।
उम्मेदवार आचार्यले सबै पालिकामा पहुँचमार्ग निर्माणलाई तिव्रता दिने बताउदै जनताको खानेपानी समस्या समाधानका लागि एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि पहल गर्ने बताए। अधिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन क्षेत्रलाई आधार बनाएर सडक स्तरोन्नति, कृषि, स्वास्थ्य, शिक्षा र अधिकांश खोलाहरुमा पुलहरु निमार्ण गरेको एमाले उम्मेदवार आचार्यले दाबी गरे ।




आर्चायले आगामी समयमा कालीगण्डकी करिडोर निर्माण सम्पन गर्न पहल गर्ने, आर्यभन्ज्याङ रामपुर द्रुत मार्गको निर्माण कार्यका लागि काम सुरु गराउने, शिक्षमा सुधार गर्ने, बादर, दुम्सी जस्ता जंगली जनावरबाट भएको बसाइसराइर कृषियोग्य जमिनमा पुनः खेती गर्ने वातावरण सृजना गर्ने जस्ता काम आफू निर्वाचित भएमा प्राथमिकतामा राख्ने पनि मतदातासंग प्रतिबद्धता जनाएका छन् । गठबन्धन सरकारले स्वास्थ्य बिमा कार्यक्रमबाट जनतालाई सास्ती दिएकोले समस्या समाधानका लागि सूर्य चिन्हमा मतदान गरि एमालेलाई जिताउनु पर्ने बताए ।








