
पाल्पा– नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले अल्पसंख्यक समुदायको आर्थिक र सामाजिक उत्थानका लागि आफूले काम गर्ने बनाउनु भएको छ । निर्वाचन प्रचारप्रसारको क्रममा बगनासकाली गाउँपालिकाको पोखराथोक र चिर्तुंगधाराका टोलबस्तीहरुमा पुगेर प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरे र प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराई सहित नेकपा एमालेका नेताहरुले मतदाताहरुसँग एमाले समुदाय रोजगारी प्राथमकिता राखेको बताउनुभएको छ ।क्षेत्र नंं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण प्रसाद आचार्यले जिल्लाका गौरवका आयोजना सहित रामपुर नगरपालिका र तानसेन नगरपालिकाको खानेपानी योजना एमाले प्राथमिकता परेको योजना भएकोले एमालेले बनाउने बताउनु भयो । रम्भा गाउँपालिका वडा नंं १ हुँगीमा घरदैलो कार्यक्रममा एमाले विकास र समृद्धिमा पक्षमा निरन्तर लाग्ने पार्टी रहेको बताउनु भयो ।



नेकपा एमालेका पाल्पा क्षेत्र नं. १ (१) मा प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ ंं १ (२) का प्रदेशसभा सदस्य उम्मेदवार खेम बहादुर सारु, नेकपा एमालेका पाल्पा क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टर, २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार ओम बहादुर घर्तीमगरले समेत घरदैलो गर्नुभएको छ ।








