
पाल्पा– नेकपा एमाले पाल्पा क्षेत्र नं. १ (२) का प्रदेश सभा उम्मेदवार खेम बहादुर सारुले आर्थिक सामाजिक विकासको ऐजेण्डा नेकपा एमाले संग मात्र भएको बताउनु भएको छ । रम्भा गाउँपालिका वडा नंं ३ पिपलडाडा क्षेत्रको घरदैलो कार्यक्रमा सहभागी हुदै एमाले प्रदेशसभा सदस्य उम्मेदवार सारुले केपी ओली सरकारले ल्याएको आर्थिक सामाजिक विकासका योजना बाट देशी विदेशी शक्ति अतालिएर एमाले सरका विघटनमा लागेको बताउनुभयो ।




नेता सारुले नेपालमै रहेको जनशक्तिको जोश र जाँगर लाई राष्ट्र निमार्णको महत्तवपुर्ण क्षेत्रमा लगाई उत्पादनशिलता हासिल गर्ने योजना एमालेले अघि सारेको बताउनुभयो । रम्भाको पिपलडाडा क्षेत्रको विकास, सडक स्तरउन्नती, अधुरा खानेपानी योजना, पर्यटकीय पुर्वाधार निर्माणमा आफुले पहल गर्ने एमाले उम्मेदवार सारुले बताउनुभयो ।








