
पाल्पा- रिब्दीकोट गाउँपालिका वडा.न.६ ठिमुरे पाल्पामा तेज बहादुर सारुको नेतृत्वमा नेकपा एमाले परित्याग गरी २६ जना प्रभावशाली नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा अधिकाश नेकपा एमालेका नेताहरू रहेको छन ।




नव प्रवेशीहरूलाई एकीकृत समाजवादी पार्टिका पोलिटब्युरो सदस्य एवम प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डे,केन्द्रीय सदस्य एवम पाल्पा जिल्लाका इन्चार्ज एवम जिल्ला अध्यक्ष खिमान्नद पाण्डेले पार्टिमा स्वागत गरेका हुन । एमाले पार्टि एकलौटी रूपमा नातावाद र कृपावादका रूपमा अगाडि बढेको बताउदै पाटीको व्यवस्था एवम परिपाटीमा परिवर्तन आउछ कि भनी पार्टिमा रहेता पनि पार्टिमा नातावाद र कृपावाद अन्त्य नभएको र एकलौटी रूपमा दम्भका साथ पार्टि सञ्चालन भएकोले पार्टि परित्याग एकीकृत समाजवादी पार्टिमा प्रवेश गरेको प्रवेशीहरूले बताएका छन ।

पार्टिमा नव प्रवेशीहरूलाई स्वागत गर्दै एकीकृत समाजवादी पोलिटब्युरो सदस्य एवम प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डेले नेकपा एमाले पार्टिलाई तानाशाही एवम एकलौटी रूपमा अगाडी बढाउन खोजेको, नेपाली जनताले ल्याएको संविधान माथि प्रहार गर्न खोजेकोले देशको राष्ट्रियताको संरक्षण, स्वाधीनताको संरक्षण एवम संविधानको रक्षा गर्नका लागि पाटी फुटको अवस्था आएको बताउनुभयो ।









