
काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ९२ लाख ५७ हजार ८५० मत गणना सकिएको जनाएको छ ।
सोमबार बिहान साढे ८ बजेको विवरणअनुसार नेकपा एमालेले २५ लाख २५ हजार मत पाएको पहिलो स्थान कायमै राखेको छ भने कांग्रेसले २३ लाख ९२ हजार मत पाएर एमालेलाई पछ्याइरहेको छ ।



यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार तथा पाँचौ स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ५६ हजार मत पाएको छ ।
माओवादीपछिको स्थानमा रहेको राप्रपाले ५ लाख ४४ हजार, जसपाले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार तथा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ४९ हजार मत पाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार मत पाएको छ भने लोसपाल १ लाख २६ हजार मत सहित ११ औं स्थानमा रहेको छ ।
यस्तै पुछारमा रहेको नेश्नलिष्ट पुपल्स पार्टीले १ हजार ६८७ मत पाएको छ । समानुपातकमा करिब १ करोड ९ लाख मत खसेको छ ।








