
२६ मंसिर । नेकपा एमालेले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो । संघीय संसदमा निर्वाचित कुल सदस्यको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा १८ जना महिला भए पनि पुग्थ्यो ।



समानुपातिकको ३४ सिटसमेत जोडेर संघीय संसदमा एमालेका ९२ सिट हुन्छ, जसको एक तिहाई अर्थात ३१ जना महिला हुनुपर्छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ४४ मध्ये ४ जना महिला छन् भने राष्ट्रियसभामा एमालेका १५ सदस्यमध्ये ९ जना महिला छन् । अर्थात समानुपातिकबाट चयन हुने ३४ मध्ये १८ जना महिला हुँदा पनि आवश्यक ३३ प्रतिशत पुग्थ्यो ।
तर २२ जना पठाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामै एक तिहाई महिला पुर्याउने भन्दै २२ जना पठाउने प्रस्ताव गरेका थिए । खासआर्य महिलाबाट अर्घाखाँचीकी विजुला रायमाझी सांसद बनेकी छन् । स्थायी जागिर छोडेर राजनितिमा सक्रिय रायमाझी सांसद बनिन् । खसआर्यबाट एमालेबाट अन्य मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बरालको नाम पठाइएको छ ।
बादल पत्नी पनि सांसद
एमालेले पठाएको समानुपातिक सांसदको सूचीमा उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला पनि छिन् । ओली सरकारमा झण्डै एक महिना सञ्चारमन्त्री बनेकी थापालाई यो पटक आदिवासी जानजाति महिलाको पहिलो नम्बरमा राखिएको थियो । सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बाको नाम पठाइएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस्ः
आदिवासी जनजातितर्फः
पुरुषः देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।
महिलाः नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा
खसआर्यतर्फः
पुरुषः रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही
महिलाः मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल
थारुः आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलितः ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा
मधेशीः गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया
मुस्लिमः सराज अहमद खान








