
पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिकाले गाउँपलिकाले आफ्नो प्रतिक चिन्ह –लोगो) निर्माण गरेको छ । गाउँपालिकाले एक कार्यक्रम गरेर लोगो सार्वजनिक तथा लोगो बनाउनेलाई सम्मान समेत गरेको छ । गाउँकार्यपालिकाबाट निर्णय भए अनुसारको लोगो बनाउन प्रस्ताव माग गरिएको थियोे ।




प्रस्ताव आब्हानसंगै लोगो बनाउन चार जनाको प्रस्ताव पेस भएको थियोे । सोही मध्यबाट लोगो डिजाइन भई आएकोले उक्त लोगो सार्वजनिक गर्न लागिएको हो । पूर्वखोला गाउँपलिका अध्यक्ष नुनबहादुर थापाले लोगो सार्वजनिक गर्दै उहाँले अब गाउँपालिकाको आफ्नै पहिचान रहेको लोगो हुने बताउनु भयो ।त्यसका लागि सबै प्रक्रिया पुगेको र पूर्वखोला गाउँ पालिकाले कार्य सम्पादन गर्ने कागजपत्रमा लोगो अंकित कागजात लागू हुने अध्यक्ष थापाले बताउँनुहुदै उहाँले गाउँपालिकाले प्रस्तावना माग अनुसार चार जनाले डिजानको लागि प्रस्ताव पेश गरेकोमा अमृत काम्मुले बनाउँनुभएको लोगोलाई छनोट गर्दै स्वीकृत गरि सोही लोगोलाई सार्वजनिक गरिएको पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बताउँनुभयो ।सोही कार्यक्रममा लोगो डिजाइन गर्ने अमृत काम्मु मगरलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।









