
गुल्मी । धुर्कोट गाउँपालिकाको आयोजनामा वडा नं.७ वाग्लामा उपभोक्ता समिति अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार धुर्कोट गाउँपालिका वडा नं.७ वाग्ला अन्तर्गत सञ्चालन भएका योजनाहरुका उपभोक्ता समिति पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिकरण कार्यक्रममा हरेक योजना संचालन गर्दा आवश्यक पर्ने विधि तथा प्रकृया, उपभोक्ता समिति निर्माण गर्ने आमभेला, योजना सम्झौता देखि योजनाको अन्तिम भुक्तानी हुँदा सम्म उपभोक्ता समितिले गर्नुपर्ने कामको बारेमा प्रष्ट पारिएको थियो ।
उपभोक्ता समिति गठनदेखी निर्माणसम्म र काम सम्पन्न भएपछि भुक्तानीसम्मको जानकारी सहित अभिमुखिकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनु भयो ।




कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, योजना शाखा प्रमुख खड्क बहादुर थापा तथा प्राविधिक रुक बहादुर घर्तीले गर्नुभएको थियो ।
धुर्कोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीको आतिथ्यता रहेको कार्यक्रम वडा नं। ७ का वडा अध्यक्ष लिला खनालको अध्यक्षता तथा खड्क बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।









