
दिपक भट्टराई
पाल्पामा पहिलो पटक जेब्राक्रस बनाईएको छ ।तानसेन न.पा. २ नाराणस्थानमा बढ्दो सवारीको चाप,पैदल यात्रीको सुरक्षा तथा सवारी दुर्घटना नियन्त्रण तथा बाटो पार गर्न परेको असुविधा लाई मध्यनजर गर्दै देववाणी सस्कृत तथा सामुदायिक माध्यमिक विधालयको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जेब्राक्रस बनाएको हो ।




सडक क्षेत्रमा सवारी साधनको चाप वढेसंगै दिनप्रतिदिन वढी रहेको सानाठुला सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जेब्राक्रस बनाउन लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्र.ना.नि.दामोदर मल्लले बताउनु भयो ।

यस्तै न्यु होराईजन स्कुलको सहकार्यमा काजीपैवामा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जेब्राक्रस बनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका कार्यालय पाल्पाका प्रमुख प्र।ना।नि। दामोदर मल्लले केहि दिनमै तानसेनको आन्दोलनचोक,दरबार परिषद,लुम्बिनी मेडिकल कलेज तथा नर्यापाटीमा जेब्राक्रस बनाईने बताउनु भयो ।
जेब्राक्रसँले सामान्यतया सडकमा यात्रीको सुरक्षा तथा सवारी दुर्घटना नियन्त्रण सहयोग पुग्ने आशा आफुले गरेको प्रमुख मल्ले बताउनु भयो ।
बाटो काट्ने ठाउँको संकेत निरन्तर देखिने बनाइराख्ने काम सडक विभाग अथवा नगरपालिकाको हो तर तर पाल्पमा अहिले विभाग र नगरपालिका जेब्राकसका संकेत निर्माण गरेको देखिदैन ।









