
काठमाडौं ।
कतारमा जारी विश्वकपको सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् ।खेल बुधबार राति पौने १ बजेदेखि सुरु हुनेछ ।
कतारको लुसाइल रंगशालामा हुने खेल रोचक बन्ने अनुमान गरिएको छ । क्रोएसिया अघिल्लो संस्करणको विश्वकपको उपविजेता हो भने अर्जेन्टिना पनि विश्वकपको उपाधिको बलियो दाबेदार हो ।



विश्वकपमा अर्जेन्टिना र क्रोएसियाबीच भेट हुन लागेको यो तेस्रो पटक हो ।
सन् १९९८ मा नकआउट चरणमा अर्जेन्टिना १–० ले विजयी भएको थियो भने यस्तै सन् २०१८ को रसिया विश्वकपमा अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएको थियो ।
क्रोएसिया ब्राजिल र अर्जेन्टिना नेदरल्याड्सलाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।








