
पाल्पा – पाल्पाको रैनादेवी छहरा -२, सोमादीमा भएको टिप्पर दुर्घटनामा आठ जना घाइते भएका छन् ।



मंगलबार बेलुकी सोमादीमा लु २ ख ३५४० नम्बरको टिप्पर दुर्घटना हुँदा चार विद्यार्थीसहित आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्रिपरमा सवार चार जना र सडकमा हिडिरहेका चार जना विद्यार्थी गरी आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र घाइतेहरू तानसेनस्थित अस्पतालमा उपचार भइरहेको छ । ट्रिपर रैनादेवी छहरा–१, शिद्धेश्वरस्थित चुनढुङ्गा खानीबाट सर्देवातर्फ आउँदै गरेका थियो ।








