
सन्धिखर्क ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको १५ औं साधारण सभा सन्धिखर्कमा शुक्रवार सम्पन्न भएको छ ।
जिल्ला शाखाका अध्यक्ष अशोक खनालको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा पत्रकार महासङ्घ नेपालका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे,राधा नेपाली,लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरि,जिल्ला समन्वय समिती अध्यक्ष जिवनारायण कोइराला,प्रमुख जिल्ला अधिकारी सहित विभिन्न कार्यालयका प्रमुख, स्थानिय तहका प्रमुख तथा राजनैतिक दलहरूका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



कार्यक्रममा बोल्दै महासंघ अर्घाखाँचीका पुर्व अध्यक्षहरु निम बहादुर रिजाल, शोभाखर पन्थी, हिम जि.सि. लेकाली लगायतले पत्रकारिताको मर्म अनुरुप कर्म गर्न नसक्दा सिङ्गो पत्रकारिता जगत आलोचित हुनु परेको भन्दै त्यस तर्फ सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राजनैतिक दलका नेतृत्व तहका ब्याक्तीहरु नै महासंघका सदस्य हुनु दुःखद भएको भन्दै पत्रकारको नंया परिभाषा भएको भए सार्वजनिक गर्न अन्यथा निर्मम बनेर सदस्यता नविकरण आवस्यकताको आधारमा मात्र गर्न अनुरोध गरेका थिए ।
सभाले सचिव बिनोद गैरेले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष रुद्रमणी भुसालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सम्सोधन सहित सर्वसम्मत पारित गरेको छ ।








