
काठमाडौँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो।



निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७५ रुपैयाँ पर्नेछ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटाइएको छैन।
भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य घटाएर पठाएसँगै नेपालमा मूल्य घटेको निगमले जनाएको छ।








