
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी छन् ।



शपथग्रहणपश्चात संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग बिहीबार सांसद गौतमले उनले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हितको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताइन् । उनले आफूहरु कानुनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा संसद्मा आवाज उठाउने बताइन् ।
‘संसद्मा सोविता गौतम मात्रै होइन । राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हितको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय भएर लागिरहनेछ । यसरी नै संसद्मा देख्नुहुनेछ । कानुन निर्माण गर्ने ठाउँमा आएका छौं । हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा वकालत गर्नेछौं,’ उनले भनिन्, ‘संसद्ले बनाउने नीति नियमहरु नेपाली जनताको पक्षमा हुने किसिमले काम गर्नेछौं । सरकारमा जाने नजाने विषयमा पार्टीभित्र छलफल हुँदै छन्। प्रश्न छिटो भए जस्तो लाग्छ ।’
उनले तत्काल सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताइन् ।








