
नेपाली कांग्रेसका सांंसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताए । आज बिहीवार सङ्घीय संसद् भवन परिसरमा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भण्डारीले आउँदो पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताए ।



उनले भने, ‘नयाँ सांसदहरूले भ्रष्टाचार नियन्त्रण गर्नका निम्ति कानुनहरू कडा बनाउन भूमिका खेल्नुपर्छ ।’ सांंसद भण्डारीले विदेशमा रहेका युवालाई नेपालमा रोजगारीको वातावरण बनाएर स्वदेश ल्याउन प्रयास गर्ने बताउनुभयो । देशको अर्थतन्त्र सबल बनाउन नीतिगतरूपमा सुधार गर्ने भूमिका खेल्ने पनि भण्डारीको भनाई छ ।
सांसद भण्डारीले नेपालका देखिएको स्वास्थ्य उपचारका लागि राज्यले सहजीकरण गराउने विषयमा संसदमा आवाज उठाउने बताए । उनले पछिल्लो समय देशभित्र देखिएका स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका समस्या नीतिगतरूपमा समाधानका लागि आवाज उठाउने उल्लेख गरे ।








