
पाल्पा : राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पा स्थित सिद्दवावा मन्दिरमा दर्शन तथा पूजा आर्चना गर्नुभएकाे छ । बुटवलकाे मेला उद्घाटन गर्न आएकाे अवसरमा बिहीबार पाल्पा आएर मन्दिर दर्शन तथा पूजा गरेकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ । उहाँ पाल्पाको दोभानस्थित सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउनुभएकाे थियाे ।



उनले सिद्धबाबाको मन्दिरमा पूजा आराधना गरेको मन्दिर व्यवस्थापन समितिका पूर्वसचिव राजेश श्रेष्ठले बताउनुभयाे ।मन्दिरमा पूजा गरेपछि उहाँ काठमाडौँ फर्किनुभभएकाे हाे उहाँलाई गाउँपालिका र मन्दिर व्यवस्थापन समितिले सम्मान गरेका थिए । रूपन्देहीमा औद्योगिक व्यापार मेला उद्घाटन गर्न आउने क्रममा राष्ट्रपति यहाँ आउनुभएकाे थियाे ।उहाँलाइ २०७७ सालमै पाल्पामा आउन निम्ताे गरेकाे भएता पनि काेराेनाकाे कारणले नआएकाे गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयाे ।









