
कपिलवस्तु ।
कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापनको काम थालिएको छ । कपिलवस्तु नगरपालिकाले छाडा गाई गोरुको व्यवस्थापन थालेको हो ।
छाडा गाई गोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरानी खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेको हो ।
नगरपालिकाको वडा नं. ३ स्थित चपरतल्लामा गाई गोरुको व्यवस्थापन थालिएको हो । तौलिहवा र आसपासका छाडा गाई गोरुको व्यवस्थापन थालिएको नगर प्रमुख सुदीप पौडेलका बताए ।
वरपर तारजाली लगाएर कान्जि हाउस निर्माण गरी गाईवस्तु राखिएको उनले बताए । छाडा गाईगोरुको हैरानी खेपेपछि विद्यार्थीहरुले तौलिहवामा प्रदर्शन गरेका थिए ।



नगर प्रमुख पौडेलले ठाउँको अभावका कारण गाई गोरुको व्यवस्थापन असजिलो भएको बताए ।








