
पाल्पा
पाल्पाको रैनादेबी छहराको मुईपोखरामा सुपादेउराली मन्दिर स्थापना हुने भएको छ । रैनादेबी छहरा गाउँपालिका ४ को पाखुरे सामुदायीक बन क्षेत्र भित्र पर्ने मुईपोखरामा मन्दिर स्थापना गर्न लागिएको हो ।
भुमीकास्थान नगरपालिका १ ढाकावाङ्ग अर्घाखाचीका ४० बर्षीय देब बहादुर नेपाली बिगत ११ बर्ष देखी सुपादेउराली माताको प्रभाबले हल्लिने जस्ता बिबिध क्रियाकलाप गर्दै आएकोमा शनिबार बेलुका मुईपोखरी आई पाठीको बलि दिएपछि नेपालीलाई शान्ति मिलेको छ ।
शनिबार बेलुका ६ बजे स्थानीयहरु जम्मा भएर मुईपोखरामा सुपादेउराली मन्दिर स्थापना गर्ने तयारी भएको पाखुरे सामुदायीक बनका अध्यक्ष नल बहादुर रानाले बताउनुभयो ।
साथै यही पुस २६ गते उक्त स्थानमा पाठीको बलि चढाई स्थानीयहरुले मन्दिरको पुजा शुभारम्भ गर्ने अध्यक्ष रानाले जानकारी दिनुभयो ।











