
पाल्पा।माघे संक्रान्ती २०७९ का अवसरमा पाल्पा तानसेनको कैलाशनगरमा मगरी खाजा एवम् बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । कैलाश बसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सह आयोजनामा यही पौष ३० गते शनिबार कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष शेर बहादुर सोमैले जानकारी दिनुभयो । आईतबार तानसेनमा पत्रकार भेटघाटको आयोजना गरि समाजका अध्यक्ष सोमैले कार्यक्रममा मगरी सांकृतिक कार्यक्रम र मगरी खाजालाई मुख्य प्राथमिकता दिएको बताउनुभयो ।कार्यक्रममा ठूलो नाँच (नचरी ), कौडा, ठाडो भाका झाम्रे संगै पाल्पाका ४ वटै कलाकेन्द्रहरुको बिशेष प्रस्तुती रहने सास्कृतिक उपसमितिका संयोजक प्रेम लामीछानेले जानकारी दिनुभयो । समाजका सल्लाहकार बल बहादुर रानाका अनुसार मगरी खाजाको रुपमा सेलरोटी, बटुक, सखरखण्ड, तरुल, चाकु, सुगुरको मासुका बिभिन्न परिकारहरु, कुखुराको मासु लगाएतका १२ बढी परिकारका स्टलहरु रहने छन् ।




विहान ११ बजे देखि बेलुकी ५ बजे सम्म हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बिशेष प्रस्तुती रहने आयोजकहरुले जनाएका छन् ।२०५४ सालमा कैलाशनगर र बसन्तपुरमा रहेका मगरहरुले स्थापना गरेको कैलाश बसन्तपुर मगर समाजमा अहिले १ सय १ घर परिवार आवद्ध रहेका छन् । पत्रकार सम्मेलनमा पत्रकार महासंघ, पाल्पाका अध्यक्ष रेखीराम राना, उपाध्यक्ष एवम प्रेस युनियन पाल्पाका सभापति भरत शर्मा, पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिना, लगायत अन्य पत्रकारहरुको सहभागीता थियो ।








