
काठमाडौं । भारतबाट नेपाल आइरहेको बस उत्तराखण्ड प्रदेशस्थित उन्नाउमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै ६२ जना घाइते भएको बताइएको छ । मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।



कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट १५ किलो मिटर नेपालतर्फ दुर्घटना भएको हो । शनिवार राति भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउमा दुर्घटना भएको थियो ।
शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटनामा करिब ६२ जना घाइते भएको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ । बसमा नेपालीसँगै केही भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ ।
यो पनि- आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली, काठमाडौं – तराईमा हुस्सु र कुहिरो लागेको छ। मध्य तराईमा शीतलहर पनि चलिरहेको छ। पहाडी क्षेत्रमा बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारपश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो।दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।








