
पाल्पा – तानसेन–१२ की ७७ वर्षीया बृद्धको बसले ठक्करले मृत्यु भएको छ । बिहीबार दिउँशो १ बजेतिर लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिंदा तानसेन–१२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।



गुल्मीबाट बुटवलतर्फ आउदै गरेको बसका यात्रु समेत रहनुभएका विश्वकर्मालाई सोही बसबाट ओर्लेपछि घर जाने क्रममा ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते विश्वकर्मालाई उपचारको लुम्विनी मेडिकल कलेज प्रभासमा पठाइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले बस चालक ३० वर्षका खिमबहादुर विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।








