
पाल्पा, रिब्दीकोट गाउँपालिका पाल्पामा आमालाई काट्ने भनि धम्की दिने छोरा पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई काट्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुर दर्लामी पक्राउ परेका हुन् ।



दर्लामीले आमा चित्रलाई पुस २६ गते अश्लील गाली गलौज गर्नुको साथै तरवारले अचानोमा राखी काट्ने भनि तरवार निकाली धम्की दिएका थिए । आमा माथि अभद्र व्यवहार गरेको सूचना प्राप्त हुन साथ प्रहरी चौकी हार्थोकबाट खटेको प्रहरी टोलीले वारदात स्थानबाट उनी सहित उनको साथबाट तरवार तथा काठाको अचानो बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार अहिले छोरा हिरालाई नियन्त्रणमा लिई हिरासतमा रखेर थप अनुसन्धान थालिएको छ ।








