
पाल्पा-रैनादेबी छहरा गाउँपालिका पाल्पाको गाउँपालिकाको गाउँसभाको १३ औँ अधिवेशन आज सुरुवात भएको छ । सभाको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनालले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खनालले स्थानीय सरकारले गर्नुपर्ने काम कर्तव्य अधिकारलाई सस्थागत रूपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार रहेकाले जनताले प्रत्यक्ष रूपमा अनुभुति गर्ने गरि स्थानीय सरकारले कार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
पालिकाले कृषि क्षेत्र सम्भावना,सामाजिक क्षेत्र,कला सस्कृतिकको संरक्षण एवम प्रदर्शनी र पर्यटन क्षेत्रको विकास मार्फत समग्र पालिकाका नागरिकहरूको जीवनस्तरमा परिवर्तन ल्याउने र समृद्ध रैनादेबी छहरा बनाउने गरि ऐन तथा कार्यविधिको निर्माण ध्यान दिनुपर्ने बताउनुभयो ।




गाउँसभाले प्रत्यक्ष रूपमा पालिकाको नागरिकहरूका जनजिविकाका सवालहरूलाई जोड दिदै ऐन एवम विधायक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस रैनादेबी छहराका सभापति विष्णु प्रसाद पोखरेलले गाउँसभाले बस्ती बस्ती आवाज बुलन्द गर्न नसक्ने नागरिकहरूलाई मध्ये नजर गरि ऐन विधायक निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो । विगतको स्थानीय सरकारले फुसको छाना रहित गाउँपालिका घोषणा,स्वास्थ्य विमा,उज्यालो रैनादेबी छहरा कार्यक्रमलाई अगाडि बढाएको थियो । आगामी ऐन तथा विधायक निर्माण गर्दा स्थानीय सरकारले लोक कल्याणकारी एवम नागरिकहरूले अनुभुती गर्ने खालका कार्यक्रमलाई केन्द्रित गरि ऐन निर्माण गर्न सकोस भनी सुवेक्षा प्रकट गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि गिता भट्टराईले स्थानीय सरकारले काम गर्ने क्रममा अन्य राजनीति दलसँग सहकार्य गरि काम गर्नेमा अपेक्षा गर्नुभयो । गाउँपालिकाले बसाइँसाई रोक्न सक्ने खालको कार्यक्रम ल्याउने पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पालिका प्रतिनिधि चाम प्रसाद पोखरेल,राष्ट्रिय प्रजातन्त्र पाटीका पालिका अध्यक्ष पर्शुराम पोखरेल ,नेकपा एकीकृत समाजवादीका प्रतिनिधि पुर्ण बहादुर भण्डारी, भैरब नवदिप माविका अध्यक्ष नल बहादुर राना,मंगोल अ्गनाइजेसनका अध्यक्ष देब प्रसाद श्रेष्ठ, लगाएतले मन्तव्य राख्नु भएको थियो ।

गाउँसभाले पालिकामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै तिन जना कर्मचारीलाई नगद,दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीहरुमा सुचना प्रविधिक अधिकृत नारायण मल्ल,सब इन्जिनियर कुशल घिमिरे र कार्यालय सहयोगी अम्मर बहादुर रायमाझी उत्कृष्र्ट कर्मचारीको रूपमा सम्मानित हुनुभएको हो ।

भोली हुने सभामा विषयगत समितिहरूका प्रतिवेदन प्रस्तुत ,रैनादेवी छहरा गाउँपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश,रैनादेवी छहरा गाउँपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ पेश हुने सुचना प्रविधि अधिकृत नारायण मल्ले जानकारी दिनुभयो ।

कार्यक्रम गाउँपालिका रुक्माङ्गत भट्टराईको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत दिनेश शारूको सञ्चालनमा सम्पन्न भएको थियो ।













