
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क चुत्राबेसीमा रहेको त्रिबेणीधाममा निशुल्क कफी खुवाउने कार्यक्रम सञ्चालन गरिएको छ ।
अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक कफीको स्वाद चखाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले निशुल्क कफी खुवाएको हो ।
अर्घाखाँची जिल्लामा उत्पादन भएको कफी विदेशका विभिन्न देशमा बिक्री भैरहेको तर जिल्लामा बिक्री कम भएपछि अर्गानिक कफीको प्रचार प्रसार गर्न कफी खुवाउन कफी स्टल मेलामा राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका जिल्ला संयोजक रामनाथ पाण्डेले बताउनुभयो



अर्घाखाँची जिल्लाका विभिन्न क्षेत्रमा कफी उत्पादन हुने गर्दछ । जिल्लामा बार्षिक १५ मेट्रिक टन कफी उत्पादन हुने गर्दछ ।
जिल्लामा उत्पादन भैरहेको कफी, दक्षिण कोरिया, अमेरिका, जापान,लगायतका देशमा बिक्रि बितरण भैरहेको कफी कृषक पुस्करनाथ बन्जाडेले बताउनुभयो । जिल्लाका कफी कृषकहरुलाई बिक्रिबितरणका लागि कुनै समस्या नभएको कृषक बन्जाडेको भनाई छ ।परम्परागत रुपमा अन्नखेतीमा लागेकाहरु पनि पछिल्लो समय कृषकहरु समूह बनाएर व्यबसायीक कफी खेतीमा लागेका छन् । शितगंगा नगरपालिकाको वडा नम्वर ३ को जन जागृति कृगक समुहमा मात्र १ लाख कफीका बिरुवा रहेका छन् । अरु खेती छाडेर कृषकहरु कफी खेतीमा लागेको शितगंगा ३ को जनजागृति कफि कृषक समूहका अध्यक्ष मिना भुसालले बताउनुभयो।
पछिल्लो समय अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनि गाउँपालिका र मालारानी गाउँपालिकाका विभिन्न स्थानमा कृषकहरु व्यवसायीक कफी खेतीमा लागेका छन् ।








