
नारायण घिमिरे, पाल्पा



नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पाल्पाको आयोजनामा जिल्लाका प्रत्येक पालिकामा घुम्ती बैठकको आयोजना गरेको छ । पार्टिले पाल्पा क्षेत्र नं २ का ५ वटा पालिकामा घुम्ती बैठक सम्पन्न गरिसकेको छ भने क्षेत्र नं १ मा यहि ७ गते सम्म घुम्ती बैठक सम्पन्न गर्ने सभापति हिमाल दत्त श्रेष्ठले बताए । उनले गाउँ र जिल्लाका नेतागण र निर्वाचित जनप्रतिनिधी बिचको सामिप्यता कायम गर्ने बलियो अस्त्र घुम्ती बैठक सावित भएको जिकिर समेत गरे ।
विद्यमान राजनैतिक घटनाक्रमका कारण ग्रास लेवलमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु निरुत्साहित र निष्क्रिय हुन लागेको महुशुस गरेपछी ३० वर्षे पन्चायत र माओवादीको आन्दोलनमा समेत जिवन्त रहेको काङ्ग्रेस आफैमा अडिग र अटल रहेको जनाउँदै घुम्ती बैठक राखेको छ । जिल्ला कार्यसमिति पदाधिकारिको उपस्थितिमा सम्बन्धित पालिकाका विभिन्न तहमा रहेका पार्टिका व्यक्तिहरु सहित हुने घुम्ती बैठक वर्तमान राजनैतिक घटनाक्रम र पार्टी प्रतिको वितृष्णा बारे भ्रम र यथार्थ चिर्न एक अस्त्र रहेको पार्टिले बताएको छ । त्यतिमात्रै होइन अन्य सामाजिक संघ संस्थामा नेपाली काङ्ग्रेसले कसरी प्रतिनिधित्व गर्ने र जनप्रतिनिधि सँग कसरी सामिप्यता र समन्वय गर्ने भन्ने विषयमा समेत बहस भएको पार्टी सभापति श्रेष्ठले बताए । उनले भने `नेपाली काङ्ग्रेस पार्टी बहस, विचार र लोकतान्त्रिक पार्टी रहेकाले कदापी कम्पनी बन्न सक्दैन्, यदि कुनै नेतृत्वले कम्पनी ठान्छ भने त्यो मुर्खता हो । अहिलेको राजनीतिमा फरक विचारधारको गठबन्धन ठगबन्धनमा सावित भएकाले पार्टिले कम्युनिस्टको विश्वास नगर्न र आफैं बलियो संगठन बनाएर एकता बद्द रहन सवक सिक्नुपर्दछ । पार्टीहरु प्रतिको वितृष्णा जनतालाई समयसापेक्ष निर्विकल्प रहेकाले पार्टी शुद्धिकरणमा रहने र शुद्धीकरणको अभियानमा लागेका नेतृत्वको अभियानलाई साथ दिन अपिल छ ।
नेपाली काङ्ग्रेस पाल्पाले आयोजना गरेको घुम्ती बैठक योजना नेपालि राजिनितिकै नौलो अस्त्र रहेको सचिव सुनिता अधिकारिले बताइन् । उनले नेपाली काङ्ग्रेस पाल्पा आम निर्वाचन पश्चात् अझ सक्रिय तवरले गाउँ गाउँ पुगेर जनगुनासो बुझ्ने र निष्क्रिय कार्यकर्तालाई पुनर्बल प्रदान गर्न कटिबद्ध रहेको बताउँदै माघको पहिलो हप्तामा सिंगो पाल्पाका प्रत्येक वडामा घुम्ती बैठक सम्पन्न गर्ने बाताइन् । प्रवक्ता शोभाखर न्यौपानेका अनुसार कार्यकर्ताले पार्टी आफ्नो घरदैलोमा आएको महुशुस गर्दै सकृयतामा कार्यकर्तालाई प्रेरणा मिलेको बताए ।








