
तानसेन। लुम्बिनी प्रदेशका प्रदेश सभामुख तुलाराम घर्ती मगरले अब आफु कुनैपनि पाटीको नरहेको भन्दै सबैलाई एउटै व्यवहार गरी अगाडी बढ्ने बताएका छन् । उनले प्रदेशसभाका ८७ सभासदको अभिभाकत्वको स्वच्छ रुपमा जिम्मेवारी पुरा गर्ने गरी काम गर्ने बताएका हुन् । घर्तीले अघिल्लो सासंदले प्रदेशको जग बसाल्ने काम गरेको बताउँदै बाँकी रहेका कानुन निर्माण गरी संसदीय प्रक्रियालाई निष्ठापूर्वक अघि बाउने बताए ।



उनले भने, “हिजोका दिनमा धेरै केही सिकाइको अवस्था थियो । प्रदेशसभाको जग हाल्ने काम गर्यो अब हामी हिजोका अनुभनलाई अघि बढेर काम गर्नेछौं । नयाँ कानुन निर्माण गर्नेछौ । बाकी रहेका सबै प्रक्रियालाई अघि बढाउनेछौं।”
यस्तै प्रदेश प्रमुखको उपस्थितिमा उप–सभामुख के.सीलाई सभामुख घर्तीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुख घर्तीले अब आफु कुनै पार्टीको विषेशको प्रतिनिधि नभएको हुँदा सिंगो सदनको अभिभावन भएर काम गर्ने बताए ।
बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तीलाई सपथ ग्रहण गराएका हुन् ।








