ट्रेन्डिङ

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

‘भ्रष्टाचारीको सामाजिक जीवन ध्वस्त हुने गरी कारबाही गर्छु’ – उपप्रधानमन्त्री लिङ्देन

काठमाडौं । उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो कार्यकालमा कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धता जनाएका छन् । कसैले भ्रष्टाचार गरेको प्रमाणित भएमा उसको सामाजिक जीवन नै ध्वस्त हुने गरी कारबाही गर्ने उनले चेतावनी दिए ।

राप्रपा सचिवालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै लिङदेन खरो रुपमा पेश भएका थिए । पार्टीका नेता–कार्यकर्तालाई आफ्नो मन्त्रालयमा भीड लिएर नआउन उनले निर्देशन दिए । साथै कुनै कर्मचारीको सरुवा–बढुवाको चिट बोकेर पनि आफूकहाँ नधाउन उनको आग्रह थियो ।

‘मबाट कुनै पनि लेनदेनका कुराहरु हुँदैनन् । कसैले लेनदेन गरेको प्रमाणित भयो भने पनि म सहन्न’, उनले भने ।

कार्यकर्तालाई लिङ्देनले गरेको सम्बोधन यस्तो थियोः

हामी एउटा विशेष परिस्थितिमा सरकारमा सामेल भएका छौं । हाम्रो सहभागितालाई लिएर थुप्रै प्रश्न पनि उठेका छन् । हामी स्वयम् पनि सरकारमा प्रत्यक्ष सहभागी हुँदा ठीक हुन्छ कि बाहिरै बसेर समर्थन गर्दा ठीक हुन्छ भन्नेमा थियौं । दुईथरि कुराहरु आइरहेका थिए । मैदानमा बसेर काम गर्ने तथा विपक्षीसँग प्रतिस्पर्धामा होमिने भन्नेमा साथीहरुले सरकारमा जानुपर्ने पक्षमा वकालत गर्नुभयो । राप्रपाले कसैलाई निवेदन हालेर सरकारमा जानु हुँदैन । तर, हाम्रो हैसियत भएको अवस्थामा किन नजाने भन्ने उहाँहरुको कुरा थियो ।

हामी मिलेरमात्रै सरकार बन्न सक्ने अवस्था भनेको हाम्रो पनि हैसियत बन्यो भन्ने हो । सम्मानजनक वातावरण बन्यो भने सरकारमै गएर काम गर्नुपर्छ भन्ने विचार बलियो ढंगले आयो । सबैभन्दा बलियो तर्क के भने हामीले सम्मानजनक वातावरण पाउँदा पनि नजाने हो भने कहिले जाने त ? कि कहिल्यै सरकारमा नजाने भनेर घोषणा गर्ने हो ? सरकारमा नजाने हो भने जनताको काम कसरी गर्ने ? त्यसैले बरु गएर काम गरेर देखाउँ भन्ने भयो । मौका पायौं भने काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने मौका हो भन्ने साथीहरुको बलियो दबाब थियो ।

हामीले भ्रष्टाचार र सुशासनको कुरा उठाउँदा विगतमा खिल्ली उडाउँथे । पार्टीकै साथीहरुले पत्याउँदैन थिए । ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो’ भन्ने कुरा गर्दा कतिले अत्यन्त महत्वका साथ लिनुभयो भने कति हाम्रै साथीहरुले केवल नाराको रुपमा लिनुभयो । विपक्षीले हँसीमजाकका रुपमा पनि लिए । धेरै मान्छेहरुले यिनीहरुले पाएकै छैन, पाएपछि थाहा हुन्छ खान्छ कि खाँदैन भनेर भने । मेरो मनमा पनि के आयो भने यो अग्निपरीक्षामा होमिनुपर्छ र खरो उत्रिनुपर्छ । अबको राप्रपाले ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु हो’ भन्ने प्रमाणित गर्नुपर्छ भनेर सरकारमा जाने निर्णय लियौं ।

अहिले हामी सरकारमा सहभागी भएका छौं । विपक्षीले केही प्रश्न उठाउने चेष्टा गरेका छन् । हाम्रै शुभेच्छुकमा केही आशंका छन् । म सबै साथीहरुलाई र आम देशवासीलाई विश्वास दिलाउन चाहन्छु कि यो अग्निपरीक्षामा हामी खरो उत्रिनेछौं । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भन्ने प्रमाणित गरेर देखाउनेछौं ।

मैले मन्त्रालयको ब्रिफिङमा पनि भनेको छु, भ्रष्टाचारलाई शत्रु ठानेर काम गर्नुस् । म कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलाप गर्नेछैन र अरु कसैले गरेको थाहा पाएँ भने सहन्न । भ्रष्टाचार गर्नेलाई कारबाही गर्नेमात्र होइन, सामाजिक जीवन ध्वस्त हुने गरी कारबाही गर्छु । त्यो कुरा मैले हाम्रो मन्त्रिपरिषदमा जाने साथीहरुलाई पनि भनेको छु । प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुलाई पनि भनेको छु ।

कुनै पनि लेनादेना चाहे घोषित वा अघोषित किन नहोस् म सहन्न । हल्लाको भरमा, पत्रिकाले लखेको भरमा, कसैले भनेको भरमा होइन, भ्रष्टाचार प्रमाणित भयो भने एकक्षण पनि सोच्नेवाला छैन । कुनै पनि प्रकारको दबाब सामना गर्न तयार छु । म ठीक रहन्छु र अरु साथीलाई पनि ठीक राख्छु । सरकारमा सहभागी भएर राप्रपा फरक छ भन्ने प्रमाणित गर्नेछौं ।

भर्खर यात्रा प्रारम्भ भएको छ । हो कि होइन कि जस्ता मोडहरु आउनेछन् । शुभेच्छुकलाई धैर्य रहन आग्रह गर्छु । राप्रपा जस्तो पार्टीमा लिङदेनले अध्यक्ष हुन्छु भन्दा धेरै मान्छेलाई पत्यार लागेको थिएन । चुनावमा यति परिणाम ल्याउँछु भन्दा पत्यार थिएन । सम्मानजनक परिणाम प्राप्त गरिसकेपछि पनि अहिलेको संसदीय संरचनामा यस्तो निर्णायक पार्टी हुन्छौं भन्ने हामीभित्र साह्रै थोरै मान्छेको कल्पनामा थियो । अब आगामी यात्रा पनि सफलतापूर्वक पार गर्छौं ।

सरकारमा जाँदा पार्टीप्रतिको जिम्मेवारी पनि बिर्सिनुहुँदैन । केही दिनभित्र सबै कुरा मिलाउँछौं । सरकारमा नगएका पदाधिकारीले पार्टीको जिम्मेवारीलाई ध्यान दिनुपर्छ । सबैसँग यहीबाट अपिल गर्छु । कार्यकर्ता तथा साथीहरुले पार्टीको गौरव बढाउने र देशको अवस्थामा परिवर्तन गर्ने काममा बाहेक सरुवा-बढुवा तथा नियुक्तिको धेरै अपेक्षा नराख्नुस् । मन्त्रालयमा धेरै भेटघाटको कुरा हाम्रो प्राथमिकताको विषय हुँदैन । दिनभरि कार्यकर्ता भेटेर बस्ने हो भने कसरी काम गरेर देखाउने ? केही दिन अध्ययन गर्नुपर्नेछ । भित्रको सञ्जाल र संरचनामा छिर्नुपर्नेछ । चाँडोभन्दा चाँडो सकारात्मक निर्णय लिनुछ ।

विशेष काम र अवस्थामा समय लिएरबाहेक एकैपटक भीड लिएर नआइदिनुस् । नेता-कार्यकर्ताहरु आउँदा नभेटौं पनि मिलेन । भेट्दा अन्य महत्वपूर्ण कुराहरु छुट्छन् । अब तपाईंहरु सत्तारुढ पार्टीको हुनुभयो । सरुवा-बढुवा भनेर अनेक मान्छे आउँछन् । तर, यो तपाईंहरुको काम होइन । सरुवा-बढुवामा हाम्रो हस्तक्षेप र चासो हुँदैन । हामीलाई काम चाहिन्छ । रिजल्ट चाहिन्छ । सरुवा-बढुवाको चिट अहिले पनि कतिको गोजीमा नै होला । त्यो बोकेर नआउनुहोला । एउटा-एउटा कर्मचारी चेपेर नहिँड्नुस् । मेरो छोराछोरी, कार्यकर्ता कतै न कतै नियुक्ति गरिदिनुपर्‍यो भन्ने जस्तो कुरा नल्याउनुस् । त्यहाँ नियुक्ति गर्न सकिन्न । योबाट हाम्रो नेता-कार्यकर्ता मुक्त हुनुपर्छ ।

हाम्रो राजेन्द्र लिङदेन उपप्रधानमन्त्री भयो, अब विद्युतको डीजी, सिंचाइको डीजी सार्न म सक्छु भनेर गाउँमा नहिँड्नुहोला । बरु कुनै गाउँमा बिजुली पुगेको छैन भने मेरो जिम्मा भो भनेर हिँड्नुस् । कहीं नदी कटानका समस्या छन्, सिंचाइका समस्या छन् भने हाम्रो जिम्मा भो भन्नुस् । राजेन्द्र लिङदेनले जतिवेला भन्यो त्यतिवेला मेरो फोन उठाउँछ, एउटा डीजी त सरुवा गरिहाल्छु नि भनेर काठमाडौं प्लेनमा आउनुभयो भने तपाईं र मेरो भेटै नहोला । यो काम अरु मन्त्रालयबाट पनि हुँदैन ।

हामीले लिएको मन्त्रालयमा कुनै लेनादेना गरेको थाहा पाएमा खबर लिएर आउनुस् । यदि म आफैंले लेनादेना गरेको प्रमाणित कसैले गर्‍यो भने टुँडिखेलमा गएर झुण्डिन तयार छु ।

सचिवालयले स्वागत गर्ने भनेर बोलाउनुभयो । यसो एउटा-एउटा माला लगाइदिने होला भनेको धुमधाम भइगयो । तपाईंहरुको अध्यक्ष यस्तोमा रमाउँदैन । हामीले गरेका वाचाहरु पूरा गरेपछि माला लगाइदिनुस् । अहिले के गरेको छु र ? पैसा पनि खर्च हुन्छ, लुगा पनि मैलो हुन्छ । सामाजिक रुपमा अरुले पनि मन पराउँदैनन् । यो परम्परा तोडौं ।

सम्बन्धित खवर