
दाङ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको पहिलो अधिवेशबाट सुदीप गाैतम अध्यक्षमा चयन हुनु भएकाे छ । दाङको घाेराहीमा बिहिवार र शुक्रबार आयाेजना गरिएको अधिवेशनले समिति गठन गरेकाे हाे ।



जसकाे खुल्ला उपाध्यक्षमा जय सिहं केसी,महिला उपाध्यक्षमा माशारदा मल्ल समावेशी उपाध्यक्षमा पहलमान घर्ती ,महासचिवमा नवीन गिरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिव मा कल्पना डुम्रे , समाबेशी सचिवमा सम्सेर बिक्रम जिसी,कोषाध्यक्षमा सीपी खनाल अधिवेशनबाट चयन भएका हुन ।यस्तै सदस्यहरूमा प्रकास रेग्मी,वसन्त वन्जाडे, तेजेन्द्र केसी ,सुदिप भण्डारी ,गौरव गिरी, बिस्नु आचार्य ,पारस भण्डारी, दिलीप खडका , प्रमोद आचार्य, रबीन सर्मा चापागाइ, कृष्ण थापा, सुमन श्रेष्ठ ,अनु खनाल ,यमकला भुसाल,सिमा भट्टराइ ,ओमा कडेल,पुजा पन्थी,दुख हरण यादव, रबीन्द्र यादब र सुरेश परीयार चयन भएका छन । यस्तै लेखा समिती संयोजक मुक्ति प्रसाद न्यौपाने र सदस्यमा इन्द्रजीत रेग्मी, प्रकास घिमिरे चयन भएकाे निर्बाचन सिमितिले जानकारी दिएकाे छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनकाे प्रमुख आतिथ्यतामा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । उनले कार्यक्रम बाेल्दै दलहरू नैतिक संकटमा परेकाे बताए । चुनावकाे बेला गठबन्धनमा रहने दलहरूले सरकार गठन गर्दा गठबन्धन ताेड्ने प्रबृत्तिले गर्दा दलहरू नरश्यैता पैदा भएकाे बताए ।
उनले निर्वाचनकाे समयमा प्रतिगामी विरूद्व गठबन्धन गर्ने र सरकारकाे नेतृत्व पाउँदा प्रतिगामीसँगै गठबन्धन गर्दा दलहरूमा नैतिक संकट पैदा भएको बताए । आफू निर्वाचनकाे समयमा गठबन्धनकाे विपक्षमा रहेकाे बताउदै निर्बाचन पछि काँग्रेसले गठबन्धन जाेगाएर सरकार गठन गर्न नसक्नु दुखद रहेकाे पुनले बताए । नेतृत्वकाे कमजोरीका कारण काँग्रेस पहिलो दल बनेर पनि प्रतिपक्षमा बस्नु परेकाे सभापति पुनले गुनाशाे पाेखे । पत्रकार सधैं प्रतिपक्षमा रहेर पार्टी र सरकारलाई खबरदारी गर्न उहाँले शुझाव दिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले देशमा रहेका तीनै तहका सरकारलाइ खबरदारी गर्दै मिडिया मैत्री कानुन निर्माणमा जाेड दिनु पर्ने बताए । युनियनले प्रेस स्वतन्त्रताकाे पक्षमा सधैं आन्दोलन गर्दै आएकाे बताउँदै उनले आफुहरू श्रमजीवीकाे पक्षमा रहेकाे बताए ।
कार्यक्रममा बाेल्न अधिकाश बक्ताहरूले युनियनले सदस्यता शुद्धीकरणमा जाेड दिदै वास्तविक कलमजिविलाई मात्र सदस्यता दिनु पर्ने बताएका छन ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु खनाल, नेपाल पत्रकार महासंघका पुर्ब सचिब रामजी दाहाल, दाङ जिल्ला सभापति शंकर डागी,नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष युवराज बस्नेत, नेपाली काङ्ग्रेसदाङ जिल्ला सभापति शंकर डागी,नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष युव्राज ज्ञवाली, नेपाल प्रेस युनियन केन्द्रिय उपाध्यक्ष माधव अर्याल लगायतले बोलेका थिए। अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधिकाे सहभागीता रहेकाे थियाे ।








