
तानसेन। नेकपा एमालेका उप-महासचिव प्रदीप कुमार ज्ञवालीले पूर्व सहमति अनुसार राष्ट्रपति सत्तारुढ गठबन्धनले एमालेबाटै बनाउने बताउनु भयो । प्रेस चौतारी नेपाल, पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उप महासचिव ज्ञवालीले राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको उहाँको दाबी छ।



‘नेकपा एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो,’ ज्ञवालीले भन्नुभयो ‘त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो। कांग्रेसले राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ।
कांग्रेसले गठबन्धन भत्काउने र राष्ट्रपति लिने कोसिस गरिरहेकोबारे सोधिएको प्रश्नमा ज्ञवालीले काँग्रेसलाई दिने भन्ने हल्ला मात्र भएको बताउनु भयो ।नेकपा माओवादीको बैठकबाट राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने भनिएको भएपनि त्यो सत्ता गठबन्धनको तर्फबाट एमालेका उम्मेदवारलाई नै राष्ट्रपति चयन गर्ने र त्यसमा राष्ट्रिय सहमति जनाउन नेपाली काँग्रेस पनि सहभागि हुन सक्ने उहाँले बताउनु भयो ।
एमालेको बलमा सरकार निर्माण भएकाले राष्ट्रपतिमा पनि आफ्नो पाटीको पहल हुने र सहमतिको प्रयास भइरहेको हुनाले हल्लाको पछी नलाग्न आग्रह गर्नुभयो ।फरक प्रसंगमा उप महासचिव ज्ञवालीले काँग्रेसले प्रधान्मन्त्रीलाई विश्वासको मत दिएर असल प्रतिपक्ष समेत बन्न नसकेको अहिले आएर धमिलो खोलामा माछा मार्न खोजेको हुनाले त्यो सम्भव नहुने उहाँको आरोप छ ।
अहिलेको सरकारले देशमा राजनीतिक स्थायित्व कायम गर्ने सक्ने भएकाले देशमा सकारात्मक कामकोे समेत सुरुवात भएको बताउदै,नयाँ सरकार गठन पश्चात आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव देखिएको,अहिलेको सरकारले प्रदेशहरुमा जथाभावी बढाइएका मन्त्रालयहरु घटाएर देशको ठूलो रकम बचाउन सफल भएको उहाँको भनाइ थियो ।
कांग्रेस सत्ता पक्ष बन्न सकेन संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत नभएको भन्दै कांग्रेसले गर्दा मुलुक गलत दिशातर्फ जान लागेको उहाँको आरोप छ ।








