
पाल्पा –जिल्लाको तानसेन असनटोलमा लोपउन्मूख हुँदै गएको नेवारी संस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेवारी भोज खावाइने भएको छ । तानसेन २ असन टोल बिकास संस्था को आयोजना मा फाल्गुन ५ गते नेवारी भोजको आयोजना गरिएको संस्थाले जनाएको छ ।



तानसेनमा संस्थाले गरिएको पत्रकार सम्मेलनमा जानकार दिदैं लोपउन्मूख हुँदै गएको नेवारी संस्कृतिको जर्गेना र पुस्तान्तरणको लागि नेवारी भोज गरिने भएको हो संस्थाका अध्यक्ष अनुजा बज्राचार्यले बताउनुभयो ।
प्रति ब्यक्ति रु ९०० को कुपन लिनु पर्ने खाना मा २० भन्दा बढी प्रकारको परिकार को खाना रहने र करिब ३०० जना को सहभागी रहने संस्थाको अध्यक्ष बज्राचार्यले बताउनुभयो ।
मेलाबाट बचत रकम संस्थाको बिकास मा लगाउने संस्थाले जनाएको छ । खाना साल को टपरी मा राखी पलेटी कसेर नेवारी संस्कृती अनुसार मर्यादा पुर्बक खुवाइने संस्थाकी सचिव सुनिता थैवले बताउनुभयो ।
नेवारी संस्कृति लोप हुँदै गएको अवस्थामा यस भोजले नेवारी संस्कृतिबारे अध्ययन गर्न समेत सहज हुने सल्लाहकार मदनलाल बज्राचार्यले बताउनुभयो । पहिले पनि यस्तो खालको मेला गरेको जनाउँदै संस्थाका पूर्व अध्यक्ष सकुन्तला बज्राचार्यले नेवारी परम्परा र नेवारी खानाको बारेमा जानकारी सहित सांस्कृतिक कार्यक्रम र सम्मान समेत गरिने बताउनुभयो ।









