
बुटवल। लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरिएको छ । सनिवार मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूको विभाग पनि तोकेका छन् ।



मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीको नियुक्त र कार्यविभाजन गरेका हुन् ।
आजै राजीनामा दिएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसी पनि मन्त्रिपरिषद्मा छिन् । उनलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।









